आफ्नै नवजात शिशु ह’त्याको अभि’योगमा नेपाली महिला बेलायती अदालतमा

news





लण्डन- आफ्नै नवजात शिशुको ह’त्या आ’रोपमा पक्रा’उ परेकी एक नेपाली महिलालाई बिहीबार ह’त्या अभि’योगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ।तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मा’रेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गा’डेको आ’रोपमा पक्रा’उ गरेको बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए। कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो।प्रहरीका अनुसार शिशुको टाउकामा ग’म्भीर चो’ट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो। अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो।




अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले आज समय तोकेको छ। दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमानेको बताइन्।न्यायाधीशले उनलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुन तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *