औषधी गोदाममा आग’लागी, नियन्त्रण प्रयास जारी

news





चितवन । नारायणगढको एक औषधी गोदाममा आग’लागी भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३, शहिदचोक स्थित एउटा घरमा रहेको मेडीमिक्स कम्पनीको गोदाममा ६ बजेतिर आग’लागी भएको हो ।


आ’गो लागेको जानकारी पाउनासाथ भरतपुर महानगरपालिकाको २ वटा र खैरहनी नगरपालिकाको एक दमकल सहित ससस्त्र र नेपाली प्रहरीको प्रयासमा आगो निभाउने काम भइरहेको प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । आगो के कसरी लाग्यो भन्ने विषय खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *