यि कारण्ले गर्दा रोकियो नेकपा स्थायी समिति बैठक ७ दिनका लागि स्थगित

news





काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक ७ दिनका लागि स्थगित भएको छ । पार्टीभित्रको विवादका कारण पटक–पटक सर्दै आएको बैठक ७ दिनपछि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । देशभर भइरहेको अतिवृष्टिका कारण देशका विभिन्न भागमा बाढी पहिरोजस्ता विपद्का घट’ना घटिरहेका कारण पार्टी नेता कार्यकर्तालाई त्यसमा केन्द्रित गराउन बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले सामाजिक सञ्चालमार्फत जाकारी दिएका छन्।

‘देशभर भइरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको छ’ श्रेष्ठले भनेका छन्–‘यस स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्धार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको छ।’

असार १० गतेबाट सुरू भएको नेकपा स्थायी समितिको बैठक १८ गतेपछि बस्न सकेको छैन २० गते बस्ने गरी टुंगिएको बैठक २२ गते, २४ गते हुँदै शुक्रबारका लागि सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *