लोकदोहोरी गायिका सुनिताले गरिन देहत्याग

news





पोखरामा एक गायिकाले देहत्याग गरेकी छिन् । लामो समयदेखि पोखरा क्षत्रलाई कर्मथलो बनाएर ‘दोहोरी साँझ’ मा लोकगायिकाका रुपमा कार्यरत गायिकाले सुनिता नेपालीले यस्तो गरेकी हुन् ।नेपालीले केही समय पहिले देखि पोखरास्थित फेवा दोहोरी साँझमा गायिकाका रुपमा गीत गाउँदै आएकी थिइन् । उनले गतराति ९ ः ५० बजे देहत्याग गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले जानकारी दिए ।
पोखरा गैह्रापाटनस्थित जयराम कोइरालाको घरमा भाडामा बस्दै आएकी उनी विगत ५ वर्षदेखि कास्कीको बिरेठाँटीका ध्रुव लामिछानेसँग रिलेशनसिपमा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुले श्रीमान श्रीमती भएको बताउँदै आएका थिए । कोठामा भित्रबाट चुकुल लगाइएको अवस्थामा प्रहरीले ढोका फो’रेर हेर्दा सुनिता झु ण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक सुनिताकी दिदी गायिका लक्ष्मी नेपालीले ह त्या गरेको आरोप लगाउदै लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा देहत्याग दु’रुत्साहन मुद्दा दर्ता गराएकी छिन् ।




आफुलाई आरोप लागेपछि मृतकका श्रीमानले आफु निर्दोष रहेको बताएका छन् । दिन म सबेरै काममा गएको थिए । राति अबेर फर्किए । कोठाको ढोका भित्रबाट लगाइएको थियो । मैले पटक पटक सुनितालाई पुकारे । आवाज नआएपछि आत्तिए । नजिकैका दाईदिदीहरुलाई सहयोग मागे । उहाँहरुले प्रहरीलाई डाक्नुभयो ।

प्रहरी आएर ढोका खोल्दा सुनिता झु ण्डिएको अवस्था थियो । म विक्षप्त बने ।’ घरमा भाडामा बस्ने अन्य मानिसहरुले ध्रुव र मृतक सुनिता बिच गएराति कुनै झ’गडा नभएको बताएका छन् । प्रहरीले घट्नाका वारेमा छानबिन भइरहेको जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *