प्रधानन्यायाधीशले सुनाएको फैसलामा पुनः सुनुवाइ हुने, रञ्जन कोइराला फेरि जे’ल जालान् ?

news

काठमाडौं । श्रीमती ह’त्या आरो’पमा जेलमा रहेका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले दिएको सजाय छुटबारेको फैसलामा पुनः सुनुवाइ हुने भएको छ ।आइतबार प्रधानन्यायाधीशले न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलास गठन गरेका थिए । सोही इजलासले पुनः सुनुवाइ हुने अनुमति दिएको हो।

राणासहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण थियो वा थिएन भन्ने आगामी दिनको सुनुवाइमा जाँच गर्नेछ। साढे ११ वर्ष सजाय छुट पाएपछि कोइराला साढे आठ वर्षमै जेलमुक्त भएका थिए । श्रीमती ह’त्या अभियोगमा जिल्ला अदालत र पुनरावेदन अदालत पाटनले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्चले त्यसलाई स्वीकार गरे पनि प्रधानन्यायाधीशसहितको इजलासले सजाय छुट गर्ने फैसला गरेपछि विवादमा परेको छ ।

२०६८ मा श्रीमतीको ह’त्या गरी श’वसमेत नष्ट गरेका तत्कालीन कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो। जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे आठ वर्ष हुने भनी सजाय घटाएको थियो। सम्भवतः प्रधानन्यायाधीशको फैसलामा पुनारावलोकन हुन लागेको पहिलो घ’टना हो।

अब पहिलेको फैसला पुनः सुुनुवाइ हुने भएपछि रञ्जन कोइरालाको भविष्य के हुने भन्ने चासो सर्वत्र देखिएको छ । विगतमा सर्वोच्चले गरेका ठूला मुद्दाका फैसला पुनरावलोकन भई उल्टी भएकाले यो मुद्दा पनि त्यस्तो हुन्छ कि भन्ने अनुमान गर्न थालिएको छ । यदि फैसला उल्टी भएमा कोइराला पुनः जेल जानुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *